नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार 'हुन्छ' भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ।
जुम्ला— नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान नगरेको भन्दै आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरिएको छ। निगमको जहाजले फागुन २४ गतेदेखि उडान नगरेपछि आक्रोशित सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन्।
नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार 'हुन्छ' भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ। आइतबार उडान हुने जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका हुन्।
उडान नहुँदा सबैभन्दा बढी मर्कामा बिरामीहरू परेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर रेफर गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर बसिरहँदा पनि निगमले उडानमा संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ।
“अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैँ प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,” एक आक्रोशित यात्रुले भने, “बिरामीको ज्यान जोखिममा छ। यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पूरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौँ।”
लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले सास्ती खेप्नुपरेको छ। निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
