इजरायलमाथि निरन्तरका यी आक्रमणसँगै इरानले अब युद्ध नयाँ चरणमा पुगेको बताएको छ।
इरानी आक्रमणपछि इजरायलका सबै विद्यालय बन्द भएका छन्। अब अनलाइन कक्षा सञ्चालन हुने इजरायली शिक्षामन्त्रीले जनाएका छन्।
इजरायलका शिक्षामन्त्रीले डिमोना र अराद क्षेत्रमा गत राति भएका इरानी मिसाइल आक्रमणपछि होम फ्रन्ट कमाण्डका मेजर जनरलसँग परामर्श गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखे, "अब कुनै पनि भौतिक कक्षाहरूलाई अनुमति दिइने छैन।"
शिक्षामन्त्री योव किशले यस अवधिमा विशेष शिक्षाको लागि छुटहरू निलम्बन गरिने र देशभरि अनलाइन कक्षाहरू सञ्चालन हुने बताए।
इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरायलको दक्षिणी शहर अरादमा उल्लेखनीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। ८८ जना घाइते भएको रिपोर्ट गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस आक्रमणहरूलाई "धेरै कठिन साँझ" बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखे– "हाम्रो भविष्यको लागि यो चलिरहेको अभियानमा आजको साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँगको सहकार्यमा आवश्यक सबै सहयोग प्रदान गर्न निर्देशन दिएको छु।"
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले बदला लिने चेतावनी दिएको थियो। यदि इरानले ४८ घण्टाभित्र होर्मुजको जलडमरूम खोलेन भने अमेरिकाले इरानको पावर प्लान्टहरू पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पले चेतावनी दिएका थिए।
इरानको सरकारी सञ्चारमाध्यमले यदि इरानको इन्धन र ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा देशको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा सुविधाहरूलाई लक्षित गर्ने बताएको छ।
यसअघि, इरानले इजरायलको अघोषित आणविक हतियार भण्डार रहेको डिमोना शहर सहित दक्षिणी इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको थियो।
इजरायलमाथि निरन्तरका यी आक्रमणसँगै इरानले अब युद्ध नयाँ चरणमा पुगेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
