आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ।

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ। देशका बाँकी भूभागमा पनि साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ।  कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका  धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
 
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।