AnonymousUser

Logout

निर्वाचनको प्रतिवेदन आयोगले आज राष्ट्रपति पौडेललाई बुझाउने

निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।

कांग्रेस सभापति थापाले दिए राजीनामा

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्।

आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको पनि मृत्यु भएको पुष्टि

इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र देशका रक्षामन्त्री नासिरजादेहको यसअघि नै मृत्युको पुष्टि भइसकेको छ।

संसद्‍मा किन चाहिन्छ बलियो प्रतिपक्ष?

संसद्‍मा प्रतिपक्षले सरकारका कामलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गर्छन्। यसपटक २७५ सदस्यीय प्रतिनिधिसभाको प्रतिपक्षमा बढीमा ९३ सांसद हुनेछन्। संसद्लाई प्रभावकारी बनाउन के हुन्छ उनीहरूको भूमिका?

हेलिकप्टर दुर्घटनामा घाइते पाइलटसहित दुई जनाको काठमाडौँमा उपचार हुँदै

हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

इरानका ४६ हजारभन्दा बढी नागरिक संरचनामा क्षति

आक्रमणले लगभग २३६ वटा स्वास्थ्य केन्द्रहरु र १२० वटा विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि असर परेको जनाइएको छ।

नारायणगढ-मुग्लिन सडककाे ४३ ठाउँ पहिरोको जोखिममा

भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ।

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङको केपिलासगढी गाउँपालिका-२ को बालावेशीमा मंगलबार दिउँसो १२ बजे हेलिकप्टर दुर्घटनामा परेको हो।

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो।

टुँडिखेलमा सभा र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

महानगरको सार्वजनिक निर्माण विभागले बुधबार एक सूचना जारी गर्दौ टुँडिखेलमा घाँसे मैदान निर्माण गर्ने भएकाले कार्यक्रम गर्न रोक लगाएको जनाएको हो।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग

उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

आज घोडेजात्रा मनाइँदै

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ।

कस्तो रहला आजको मौसम?

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

७ देशमा पुनः श्रम स्वीकृति खुल्यो, ६ देशमा अझै रोक

सरकारले सुरक्षा संवेदनशीलताका कारण रोकिएका पश्चिम एसियाका सात देशमा पुनः श्रम स्वीकृति खोल्ने निर्णय गरे पनि इजरायल र इरानसहित ६ देशमा भने अझै स्थगनकै अवस्थामा राखेको छ।

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई सन्देश

प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलताका लागि चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपालाई बधाई दिँदै दुई पक्षीय सहकार्य र सम्बन्ध विस्तारको विश्वास व्यक्त गरेको छ।

जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहले बजेट छुट्याउनुपर्ने

तीनवटै तहका सरकारले प्रारम्भिक मर्मतसम्भारका लागि चालू बजेटबाटै रकमान्तर गर्ने, मौजुदा सवारीसाधन र सम्पत्तिको उपयोग गर्ने तथा आवश्यक परेमा मात्रै नयाँ खरिद गर्ने नीति लिइएको छ। साथै, सबै सरकारी सम्पत्तिको अनिवार्य बीमा गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ।

कहिलेसम्म बन्छ बालेन्द्र नेतृत्वमा रास्वपा सरकार?

निर्वाचनअघि नै प्रधानमन्त्रीमा नाम अघि सारिएका बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको एकल सरकार बन्ने टुंगो लागे पनि उनको सिंहदरबार प्रवेश गर्ने मिति प्रष्ट भइसकेको छैन।

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाइ हुने

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि पेसी तोकेको छ।

जाँचबुझ आयोगको प्रतिवेदन

भदौ २४ः सैनिक मुख्यालयबाट प्रहरीले दिएको थियो गोली नचलाउने आदेश

जेन–जी आन्दोलनको दोस्रो दिन सैनिक मुख्यालयमा रहेका प्रहरी उच्च अधिकारीले फिल्डमा रहेका प्रहरीको प्रतिरक्षा गर्ने कानूनी अधिकार खुम्चिने गरी आदेश दिएको खुलेको छ। यस्तो आदेश दिने को थियो?