काठमाडौँको भोटेबहालमा बसले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा कालीमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओम जनता यातायातको बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
बागमती प्रदेश–०३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
प्रहरीले बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
