तोलामा १२ हजार ५०० ले घट्यो सुनको भाउ

साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भैइरहेको छ। शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भैइरहेको छ। शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।