आयल निगमले पश्चिम एशियामा देखिएको तनावका कारण हालसम्म नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा प्रत्यक्ष प्रभाव नपरेको दाबी गरे पनि बजारमा भने एलपी ग्यासको चरम अभाव देखिएको छ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।
इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी नहुने बताएका हुन्।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।
सर्वोच्च अदालतले धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै ‘थ्रेसहोल्ड’ पार गरेका ६ दललाई तीन दिनभित्र उम्मेदवारको नाम पेश गर्न निर्देशन दिएको छ।
सर्वोच्च अदालतले कुमार पौडेल हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १० जनाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा परमादेश जारी गरेको छ।
जेन–जी आन्दोलनबारे छानबिन गरेको कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीलगायत हाइप्रोफाइललाई तीन वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्ने गरी ‘आपराधिक लापरबाही’मा कारबाही सिफारिस गरिएको छ।
आयल निगमले बजारमा ग्यासको माग अत्यधिक बढेपछि आपूर्ति व्यवस्थापन गर्न भन्दै आधा भरिएको ग्यास सिलिण्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ।
देशका विभिन्न भागमा मौसममा आएको बदलीसँगै बिहीबार चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।
आगामी तीन दिन देशका अधिकांश शहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को बिन्दुमा पुगेको छ भने साढे १४ अर्बको शेयर कारोबार भएको छ।
स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
कञ्चनपुरको महेन्द्रनगर–दैजी सडकखण्डमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
रूपन्देहीको मर्चवार क्षेत्रका बासिन्दा वर्षौंदेखि दानव नदीमा पक्की पुल नहुँदा बाँसको अस्थायी पुल र डुंगाको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ।
माैसमी रोजगारीको रूपमा मेघालयका कोइलाखानी पुग्ने नेपालीलाई त्यहाँका साँघुरा सुरुङमा मृत्युले छायाँ बनेर पछ्याइरहेको हुन्छ। गैरकानूनी तवरले काममा लगाइएका यी मजदुर स्थानीयको मारपिटमा पनि परिरहन्छन्।
गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाइ हुने भएको छ।