AnonymousUser

Logout

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मोटरसाइकल दुर्घटनामा एक अस्ट्रेलियाली नागरिकको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

एमाले सचिवालय बैठक आइतबार, कांग्रेस केन्द्रीय समिति असोज २६ मा

एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

चाडपर्वलक्षित सुरक्षा : देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।

अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

प्रदर्शनका घाइतेको उपचार गर्न ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।

काम नगरी वर्षौंसम्म अलपत्र परेका २३४ सडक र पुलका ठेक्का तोडिँदै

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।

छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा

७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।

‘घाइतेलाई शरीरको भन्दा आन्दोलनको म्यान्डेटको चिन्ता छ’

मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

पर्यटन आगमनका दृष्टिले महत्त्वपूर्ण दशैँ-तिहारको समयमा देशभरका मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उपस्थिति निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन्।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

तमोर करिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन्। तर यसको मार भने यात्रुले खेप्दै आएका छन्।

सर्लाहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

विपद्को एक वर्ष: काभ्रेमा पुनर्निर्माण कार्य अलपत्र

बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि काभ्रेमा क्षतिको विस्तृत विवरण संकलन हुन सकेको छैन। यसले गर्दा क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र परेको छ।

फरार बन्दी खोजी गर्न कार्यदल, असोज २० भित्र नफर्किए कारबाही

फरार कैदीबन्दी लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।

कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

धनुषामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मानव अधिकार आयोगको जेनजी प्रदर्शन अनुगमन प्रतिवेदनमा के छ?

आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत् सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ।

माओवादीको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन

बैठकले महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ। पार्टीका मौजुदा केन्द्रीय सदस्यहरू नै उक्त आयोजक समितिका सदस्य रहनेछन्।