AnonymousUser

Logout

जोखिमपूर्ण फोहोर व्यवस्थापन गर्न धनगढीमा साझा केन्द्र सञ्चालनको तयारी

केन्द्रमा स्वास्थ्य संस्थाहरूबाट संकलन हुने जोखिमयुक्त फोहोरलाई ल्याई ‘अटो क्लेभ’ मेसिनमार्फत उच्च तापक्रम र चाप (प्रेसर)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ।

देशभर मौसम प्रतिकूल: लामो र रात्रिकालीन यात्रा नगर्न आग्रह

गृह मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले केही दिन भारी वर्षा, पहिरो र हिमपातको जोखिम रहेको भन्दै अत्यावश्यक नपरी लामो/रात्रिकालीन यात्रा नगर्न, नागढुंगा-मुग्लिनलगायतका सडकमा सावधानी अपनाउन आग्रह गरेका छन्।

उद्योगी–व्यवसायीलाई उधारो सकस: जेनजी आन्दोलनपछि समस्या झन् बढ्यो

मन्द गतिमा रहेको उधारो असुली जेनजी आन्दोलनयता ठप्पप्रायः भएपछि वीरगन्जका उद्योगी–व्यवसायीलाई दशैँमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस भयो। उनीहरूले यो समस्या समाधान गर्न सरकारले उधारो कारोबार व्यवस्थित गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

भागेका कैदीबन्दीलाई आश्रय दिनेलाई पनि कारबाही

कारागार कार्यायल नवलपरासीले भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन वा आश्रय नदिन अनुरोध गरेको छ।

ड्रोन देखिएपछि म्युनिख विमानस्थलमा रोकियो हवाई उडान

जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्काल रोकिएका छन्। यो घटना युरोपका विमानस्थलहरूमा दोहोरिँदै आएको उड्डयन अवरोधको पछिल्लो शृंखला हो।

राति यात्रा नगर्न सडक विभागको अनुरोध

विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

शरणार्थी शिविरमा शरणागत दशैँ

पुनर्बसोबासमा नपरेका करिब ६ हजार ५०० भूटानी शरणार्थीमाझ यसपटक पनि बडादशैँ आएको छ। तर विजय र उत्सवको चाडभन्दा बढी उनीहरू अन्योल, निराशा र अनिश्चित भविष्यसँगै बाँचेका छन्।

यस वर्षको मनसुन केही ढिला बाहिरिने

मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको विभागले जनाएको छ।

टी२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

टी२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।

बर्दिबासमा बस दुर्घटना: २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खयरमाराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो।

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला?

सुनमा लगानी सुरक्षित मानिएकाले माग बढ्दो क्रममा रहेको र मूल्य घट्ने सम्भावना कमै रहेको जानकार बताउँछन्। यद्यपि, यस्तो अनुत्पादक क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रलाई भने फाइदा नपुग्ने उनीहरूको भनाइ छ।

घमी खोलामा डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालवाहक ट्रली

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पांग्रे ट्रली मंगलबारदेखि थन्किएका छन्।

कान्ति लोकपथ र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा राति सवारी सञ्चालनमा रोक

शुक्रबारदेखि असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

५ प्रदेशमा अत्यावश्यकबाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थाबाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ।

बीपी राजमार्गमा आजदेखि राति सवारी सञ्चालनमा रोक

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

इजरायली आक्रमणमा गाजामा मृत्यु हुने पत्रकारको संख्या २५४ पुग्यो

इजरायली आक्रमणको क्रममा मृत्यु हुने पत्रकारहरूको संख्या २५४ पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।

रण अम्बिका शाह आँखा अस्पतालमा ५ वर्षमा १५ लाख बिरामीको उपचार

भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ।

प्रधानमन्त्री कार्कीद्वारा विजयादशमीमा शहीद परिवारसँग भेटघाट

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको टीकाको दिन ‘जेनजी आन्दोलन’मा मृत्यु भएका शहीद परिवारलाई भेटेर सान्त्वना दिएकी छन्।

दशैँको टीकापछि काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

दशैँमा टीका र जमरा लगाएपछि, तीन दिनसम्म सुनसानजस्तै रहेका उपत्यकाका सडकहरूमा मानिसहरूको चहलपहल बाक्लिएको छ।