AnonymousUser

Logout

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ।

ल्हेन्दे खोलाको बाढीबाट प्रभावितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित ४८५ जनालाई सुरक्षित रूपमा गन्तव्यमा पठाइएको छ भने काठमाडौँ उपत्यकामा पनि सशस्त्र प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

स्टार्मर र म्याक्रोँले सार्वजनिक गरे युक्रेनको सहयोगका लागि नयाँ योजना

बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम र शान्ति सेनाको तयारीका लागि रुसमाथि थप दबाब बढाउने नयाँ योजना सार्वजनिक गरेका छन्।

संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना नियन्त्रणमा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा टेकस्पायर कलेजका प्राध्यापक र चार विद्यार्थीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य

संघीय अस्पतालहरूमा उपकरणको यकिन विवरण नहुँदा र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि स्वास्थ्य मन्त्रालयले अब ती उपकरणको अनिवार्य लेखा परीक्षण गर्ने निर्णय गरेको छ।

आगलागीमा परेर काठमाडौँमा एक महिलाको मृत्यु

काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने

राैतहट बम काण्डमा जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका आलमलाई उच्च अदालतले सफाइ दिने फैसला सुनाएको थियो।

सरकारको ‘बिजनेस’ मात्र थाम्छन् सांसद, गैरसरकारी विधेयकले संसद‍्मा पाउँदैनन् महत्त्व

कानून निर्माणमा सांसदले सरकारको ‘बिजनेस’ मात्र थाम्नु नपर्ने अभ्यास शुरू भएको साढे तीन दशक पुगिसक्यो। तर सांसद सरकारको मुख ताक्नमै तल्लीन छन्, गैरसरकारी विधेयक संसद्को प्राथमिकतामै पर्दैनन्।

विपन्न समुदायका लागि जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

गोरखाका आर्थिक रूपमा कमजोर समुदायका लागि कबुलियती वन जीविकोपार्जनको माध्यम बनेको छ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको गिरफ्तारी अदालतद्वारा अनुमोदन

दक्षिण कोरियाको अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योललाई डिसेम्बरको मार्सल लसम्बन्धी प्रमाण नष्ट गर्ने जोखिम रहेका भन्दै नयाँ गिरफ्तारीका लागि अनुमति दिएको छ।

त्रिशूली नदी किनारमा भेटियो पुरुषको शव

इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।

नेप्से परिसूचक २५.८९ अंकले बढ्यो, ९ अर्ब ६८ करोडको शेयर किनबेच

बिहीबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा कायम भएको छ भने नौ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

स्याफ्रुबेसी–टिमुरे सडक: पैदल यात्रासमेत सकस (तस्वीरहरू)

बाढी र पहिरोले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध छ। यो सडकमा पैदल यात्रा गर्न पनि मुस्किल भएको छ।

चोभार गल्छीको गेग्र्यान सरसफाइ तत्कालका लागि स्थगित

स्थानीयको विरोधपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभार गल्छीको गेग्र्यान सरसफाइको निर्णय तत्कालका लागि स्थगित गरेको छ।

२४ घण्टामा ७० विपद् घटना: ४ जनाको मृत्यु, ६ बेपत्ता

विगत २४ घण्टामा देशभर भएका विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरूमा चार जनाको मृत्यु भएको छ।

विश्वकप छनोट: नेपालको पहिलो खेल कुवेतसँग

तियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

आगामी दिनमा भूउपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्वीरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने जनाएको छ।

क्यानडा जाने भिसा–प्रक्रिया टुंगियो, गृहले ‘एक्जिट पर्मिट’ दिँदैन

पारिवारिक पुर्नमिलन कार्यक्रमअन्तर्गत क्यानडा स्थायी बसोबासमा जान तयारी गरेको तीन वर्ष भए पनि गृह मन्त्रालयले यात्रा अनुमतीपत्र नदिँदा रोशन घर न घाटको भएका छन्।

चीनको पाँचवर्षे योजना: हरित विकास प्राथमिकतामा

चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।

बाढीले क्षतविक्षत रसुवागढी क्षेत्र [तस्वीरहरू]

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।