AnonymousUser

Logout

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

अवरुद्ध भएको स्थानमा मर्मत गरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

भोटेकोशीको बाढी: पूर्वाधारमा ठूलो क्षति, उद्धारमा प्रतिकूल मौसम अवरोध

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले तटीय क्षेत्रमा मंलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

भोटेकोशी बाढी: ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

बाढीमा परेर ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

त्रिशूलीको बाढीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशूली नदी किनारामा दाउरा काट्न गएका उनीहरू एक्कासि बाढी आएपछि रुखमा चढेर बसेका थिए। 

भोटेकोशी बाढी:  रसुवागढी नाका क्षेत्रमा क्षति, सशस्त्रको उद्धारटोली पुग्दै

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा भोटेकोशीको बाढीले सडक पूर्ण रूपमा कटान गरेको छ।

भोटेकोशीमा बाढी: रसुवागढी भन्सारमा राखिएका कन्टेनर बगायो, मितेरी पुलमा क्षति

नदीमा पानीको बहाव अझै उच्च गएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्राधिकरणले अनुरोध गरेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शिकारीबासमा फोन गर्न रूख चढ्नुपर्ने बाध्यता

पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासका बासिन्दाले फोन सम्पर्क गर्नका लागि रूख चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कार्यकारी निर्देशकको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

क्यानलाई राखेपको पत्र: ‘अख्तियारको अनुसन्धान नसकिँदासम्म एनपीएलसम्बन्धी काम रोक्नू’

राखेपले क्यानलाई पत्र लेख्दै अख्तियारको अनुसन्धान नसकिँदासम्मका लागि एनपीएलसम्बन्धी कामहरू अगाडि नबढाउन निर्देशन दिएको छ।

रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेसननजिकै एक जनाको ज्यान गएको छ।

चोभार गल्छीमा गर्न खोजिएको के हो?

अभियन्ता, स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्मको ‘कुनै हालतमा छेडछाड गर्न नदिने’ घोषणापछि चोभार गल्छीमा गर्न लागिएको काम ‘होल्ड’ भएको छ। खासमा त्यहाँ के गर्न खोजिँदै थियो? यत्रो विवाद किन भयो?

ट्रम्पको कर चेतावनीपछि चीनको जवाफ: ब्रिक्सले ‘टकराब’ खोजिरहेको छैन

अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।

आन्दोलनबारे अनभिज्ञ बिरामीको गुनासो: ‘चिकित्सक दायित्वबाट पन्छिन खोजे’

चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेकोबारे अस्पताल पुगेपछि मात्र थाहा पाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।

नेप्से परिसूचक २२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा कायम भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ।

सांसदले गराए आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

सांसदले भूकम्प पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै चोभार गल्छीको संरक्षणमा जोड दिएका छन्।

चिकित्सक संघले अस्पतालको सेवा ठप्प पार्दा बिरामी रनभुल्ल (तस्वीरहरू)

चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा टाढाबाट आएका बिरामी समस्यामा परेका छन्।

काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा

काभ्रेपलान्चोकमा यस वर्षको मनसुनमा ३९५ बस्तीका ६ हजार ३७५ घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

रास्वपा र राप्रपाले बहिस्कार गरे संसद् बैठक

प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइएको भन्दै सोमबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

ताप्लेजुङमा ३ सातापछि हवाई उडान सुचारु

अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार, काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि उडान तालिका तोकिएको छ।