उनीहरूले आफूलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी भन्दै औषधि पसलको खानतलासी गरी रकम असुली गर्दै आएका थिए।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा गत असोजमा मुद्दा दायर गरेको थियो।
जेन–जी आन्दोलनको ‘स्टेकहोल्डर’ आफूहरु नै भएको सन्देश दिनेगरी बालेन–रबि–कुलमानले गरेको सहमतिमा जेन–जी र सरकारबीचको सम्झौताबारे केही उल्लेख छैन। सम्झौतासम्म पुग्न चलेको तीन महिना लामो त्यो रस्साकस्सीः
सैन्य शासनमा रहेका यी देशहरूले अमेरिकी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न नदिने बताएका छन्।
नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढेर दुई हजार ६३३.७६ को बिन्दुमा कायम भएको छ।
आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो केही उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ।
राष्ट्रपतिको भिटो प्रयोग बिरलै गरिन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले १० विधेयकमा भिटो गरेका थिए।
मधेशमा ६ नयाँ मन्त्री थपिएसँगै सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
प्रधानमन्त्री स्वयंको घोषणा र गैरदलीय चुनावी सरकारको छविमै विरोधाभास हुनेगरी मन्त्रीहरू दलीय राजनीतिमा जोडिएर चुनाव लड्ने तयारीमा छन्। तर न उनीहरू राजीनामा दिने तयारीमा छन्, न प्रधानमन्त्री उनीहरूलाई हटाउने।
म्याग्दीमा व्यापारीहरू बगैँचामै पुगेर सरदर ७० देखि ७५ रुपैयाँ प्रतिकिलोका दरले सुन्तला खरिद गरिरहेका छन्। यो गत वर्षभन्दा ५ रुपैयाँ बढी हो।
राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गरेको थियो।
बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। सडकबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले पुस १६ देखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन्।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
उज्यालो नेपाल पार्टी मूलतः कुलमान घिसिङले लोडसेडिङ हटाउन खेलेको भूमिकाकै ‘ब्रान्डिङ’को नतिजा थियो। तर रास्वपासँग एकता गर्ने उनको निर्णयले त्यो पार्टीपंक्तिमा असन्तुष्टि चर्काइदिएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम छ भने हिमाली क्षेत्रका केही स्थानमा हिमपात भइरहेको छ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन्।
आयोगका अनुसार ५४ राजनीतिक दलले आ-आफ्नो स्वतन्त्र निर्वाचन चिह्नमा बन्दसूची पेश गरेका छन्। बाँकी १० वटा दलले भने ४ वटा एकल चुनाव चिह्न प्रयोग गर्ने गरी सूची बुझाएका छन्।