बांग्लादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक संगठन (एनसीपी) सँग सिट बाँडफाँटका लागि सम्झौताको घोषणा गरेको छ।
बांग्लादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक संगठन (एनसीपी) सँग सिट बाँडफाँटका लागि सम्झौताको घोषणा गरेको छ। केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन्।
सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ।
पूर्वप्रधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरू उनको पतनपछि पुनः संगठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रूपमा हेरेको पाइन्छ।
आइतबार जमातले लामो वार्तापछि विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसीपीका केही सदस्यहरूले यस कदमको विरोधसमेत गरेका छन्।
जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गरेका छन्। उनले भने, “हामी गठबन्धनमा आठ दल थियौँ। अहिले दुई नयाँ दल हामीमा आएका छन्।”
जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरूको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसद्हरूमा थोरै मात्र सिट जित्न सफल भएका थिए।
करिब १७ करोड जनसंख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बांग्लादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरूको पुनरुत्थानले जनसंख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदा गरेको छ।
कट्टरपन्थी इस्लामिक समूहहरूले संगीत र नाटक महोत्सव, महिला फुटबल खेल र चंगा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
जमातसँग गठबन्धन हुनुअघि एनसीपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए।
शनिबार एक पत्रमा उनीहरूले एनसीपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरूप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन्।
एनसीपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छ भने आइतबार अर्का आकांक्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिएकी छन्।
पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लेखिन्, “इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।”
लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचा गर्दै गत मार्चमा एनसीपीको गठन भएको थियो। पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन।
हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बांग्लादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले चुनाव जित्ने अनुमान गरिएको छ।
बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उनको दलमा ऊर्जा पुगेको देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
