भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले जनाएको छ।
काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।
पवारसहित पाँच जना सवार विमान बारामतीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान बिहान ८ बजे मुम्बईबाट उडेको थियो।
सरकारले गर्ने औपचारिक खर्च २५ अर्बबाहेक उम्मेदवारहरूबाट हुने अनुमानित २५ अर्ब र सर्वसाधारणबाट हुने १० अर्ब खर्च तथा त्यसको आय पारदर्शी नहुने अर्थशास्त्रीहरू बताउँछन्। कसरी गरिन्छ अपारदर्शी खर्च?
सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि बढेको छ।
दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा भएको दुर्घटनामा स्थानीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको छ।
हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोर क्षेत्रमा पनि हिमपात भएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, मधेश र कोशीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंगलबार साँझ भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिममा वर्षा र हिमपात शुरू भएको छ भने बुधबार काठमाडौँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ।
मानव अधिकार आयोगले आसन्न निर्वाचनको पृष्ठभूमिमा सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्याउने गरी जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।
अमेरिकामा हिमपात र हिउँ आँधीका कारण ३० जनाको मृत्यु हुनुका साथै पाँच लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
जेन–जी आन्दोलनको बलमा हुन लागेको फागुन २१ को निर्वाचनमा दलका ७६ समेत कुल १५४ जना जेन–जी उम्मेदवार प्रत्यक्ष प्रतिस्पर्धामा छन्। आन्दोलनको अग्रभागमा रहेका कैयौँ जेन–जी अगुवा भने चुनावी दौडमै सामेल छैनन्।
गणपति डिलक्स बसको केही भाग पानीबाट निकालिए पनि बाँकी खण्ड निकाल्न प्राविधिक कठिनाइ भएपछि उत्खनन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।
महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध तथ्यहीन आरोप लगाएको अभियोगमा प्रहरीले युवराज सफललाई पक्राउ गरी अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान शुरू गरेको छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा घृणाजन्य अभिव्यक्ति दिएको, गालीगलौज गरेको तथा बालबालिका प्रयोग गरेको भन्दै थप सात व्यक्ति तथा निकायसँग स्पष्टीकरण माग गरेको छ। हालसम्म १५ पक्षलाई स्पष्टीकरण सोधिँदा एउटाको मात्र जवाफ आएको आयोगको भनाइ छ।
जनवरीको मध्यदेखि रुसको साइबेरियाबाट आएको चिसो हावा मंगोलियाको ठूलो भू–भागमा फैलिएपछि जनजीवन प्रभावित भएको छ भने तापक्रममा भारी गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घट्दा सबै समूहका उपसूचक ओरालो लागेका छन् भने कारोबार रकम १४ अर्ब १६ करोडमा सीमित भएको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
अख्तियारले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।