साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ।
काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ। कारोबार अवधिभर नेप्से ५.३८ अंकले अर्थात् ०.१९ प्रतिशतले उकालो लागेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंक बढेको छ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३३४ स्टकको कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड ३६ लाख १८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
आजको कारोबारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन धेरै नाफा कमाउने तर्फ कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनी रहेका छन्। यी दुई कम्पनीको शेयर आज १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। त्यस्तै, मिथिला लघुवित्त र पिपुल्स पावर कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
यसदिन कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि राधी विद्युत, एसवाइप्यानल र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएका छन्।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
