जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन सडकमा हिउँ जमेका कारण बीचमै रोकिएका छन्।
मुस्ताङ– भारी हिमपात भएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ। हिमपातले कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ। जसले गर्दा मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
सडकमा हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन चल्न सकेका छैनन्। बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाएर अवरुद्ध सडक खुलाउन पहल गरेको थियो। थप हिउँ पर्न थालेपछि रोकिएको थियो।
कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिंगा, झारकोटलगायत स्थानमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेका छन्।
हिमपातपछि दर्शनार्थी पर्यटकको आगमनमा समस्या र चुनौती थपिएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। दैनिक ५०० जनाभन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित फाट्टफुट्ट मात्रै रहेको व्यवस्थापक भुसालको भनाइ छ।
मुक्तिनाथ क्षेत्र हिउँले ढाकिएको छ। वारागुङ मुक्तिक्षेत्रमा पर्ने झारकोट, खिंगा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायत गाउँ पूरै हिउँले सेताम्मे भएका छन्। मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा हिउँ जमेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
