तोलामा ३ लाख १८ हजार ८०० पुग्यो सुन

सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि बढेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यले आज पनि कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ। त्यति नै चाँदीको मोल ७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३००रुपैयाँ त्यति नै चाँदीको मोल ६ हजार ८७० रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।