एकैदिन तोलामा २० हजार ८०० रुपैयाँले बढ्यो सुन

छापावाल सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।

काठमाडौँ– स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यले बढेको छ। छापावाल सुन तोलामा २० हजार ८०० र चाँदी २०५ रुपैयाँले बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदी ७ हजार ३०० रुपैयाँ कायम भएको थियो। मंगलबार सुन ३ लाख ९ हजार ३०० र चाँदी ६ हजार ८७० रुपैयाँ कायम भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।