भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले जनाएको छ।
लमजुङ– जिल्लामा अलैँची बिक्रीबाट २४ करोड ३० लाख रुपैयाँ भित्रिएको छ। १३५ मेट्रिकटन अलैँची बिक्रीबाट उक्त आम्दानी भएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले जनाएको छ।
यस वर्ष अलैँची प्रतिकिलो १ हजार ८०० देखि २ हजार ५०० रुपैयाँमा बिक्री भएको छ। यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारले बताए।
आव २०८१/८२ मा उत्पादित १५० मेट्रिकटन अलैँची बिक्रीबाट २२ करोड आम्दानी भएको थियो। गत आवमा प्रतिकिलो १ हजार ५०० देखि २ हजार ४०० रुपैयाँमा बिक्री भएको थियो।
यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका हुन्। जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ।
उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ। सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो।
यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्रीबाट आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए। “यस वर्ष अलैँची किसानले राम्रो आम्दानी प्राप्त गर्न सफल हुँदा किसान यस खेतीमा उत्साहित र खुसी भएका छन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
