साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरेर ल्याउने गरिएको छ। उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।
इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा दुई वटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ भने थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन्।
गण्डकीका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनीका सात, कर्णालीका तीन र सुदूरपश्चिमको एक स्थानीय तहले बजेट ल्याएका छैनन्।
होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन्। स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले किनेर लैजाने गरेका छन्।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
आज शेयरबजार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ।
मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ।
महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो।
क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकबाट मात्रै ५३ प्रतिशत पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।
आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।
आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन सोमबार १ हजार ७०० रुपैयाँले बढेको छ।
पर्साको धोबिनी गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन्। कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन पालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन।
डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो।
साताको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ३१.१७ अंकले घट्दै २,७४९.८३ विन्दुमा बन्द भएको छ।
नेपाली बजारमा शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको छ।
नेप्से परिसूचक ३८.१० अंकले ओरालो लागेर २,७८१ मा सीमित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।