तोलामा ३ हजार ७०० रुपैयाँले बढ्यो सुन

नेपाली बजारमा एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ कायम भएको छ।

सोमबार एक तोला छापावाल सुन २ लाख ८६ हजार ६०० र एक तोला चाँदी ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ७०० रुपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।