नेप्से परिसूचकमा सोमबार २६ अंकको गिरावट आएर २,६७२.३९ को बिन्दुमा कायम हुँदा १० अर्ब ७७ करोडको रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
काठमाडौँ— नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २६.०५ अंकले घटेर २,६७२.३९ को बिन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज ३२४ कम्पनीका दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिद-बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा व्यापार समूहको उपसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। बजारमा कुल २१२ कम्पनीको शेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्यमा मात्र वृद्धि देखिएको छ।
खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने मायाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.४० प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
