AnonymousUser

Logout

फूल उत्पादनमा वृद्धि, निर्यात दोब्बरले बढ्यो

नेपालमा फूलको आयातमा उल्लेख्य कमी आएको छ भने निर्यात दोब्बरले बढेको छ।

फलोअप

होमस्टेका नाममा होटल र गेस्ट हाउसः अन्धाधुन्ध दर्ता गरिदिन्छन् वडा कार्यालय

दर्तामा सहज हुने र राजस्व पनि कम लाग्ने कारण काठमाडौँ महानगरमा होमस्टेका नाममा धमाधम खुलेका होटल र गेस्ट हाउसलाई वडा कार्यालयहरूले सहजै दर्ता गरिदिने गरेका छन्।

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ९१ करोडमा सीमित

मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ।

ईभी आयात बढ्दा नेपालमा घट्दै पेट्रोलियम पदार्थको आयात

आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट विद्युतीय सवारीसाधनको प्रयोग बढेर पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी आएको बताउँछन्।

तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

देशभर ९१ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ तथा सबैभन्दा कम मधेश प्रदेशमा ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

नेप्से परिसूचक २७.९० अंकले घट्यो, कारोबार रकममा भने सुधार

आइतबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ।

मूल्य बढेपछि अलैँचीखेती बिस्तारमा भोजपुरका किसान

अलैँचीको मूल्य प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका छन्। उनीहरू परम्परागत बालीलाई हटाएर अलैँची रोप्न थालेका छन्।

वैकल्पिक विकास वित्त विधेयकमाथि ६६ संशोधन प्रस्ताव

प्रतिनिधिसभामा दर्ता भएको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि १४ जना सांसदले ६६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सुक्खा संकटग्रस्त मधेशमा वर्षा भएसँगै धमाधम रोपाइँ

शुक्रबारसम्म २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ भएको छ। पानी परिरहेकाले बाँकी किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन्।

भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ अलपत्र

कोशी प्रदेश सरकारबाट विनियोजित २५ लाख लागतमा २०८१ मंसिरमा भवन निर्माण थालिएको थियो। निर्माणको क्रममा बजेट नपुगेपछि भवन अलपत्र परेको छ।

बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न लेखा समिति सदस्यहरूको सुझाव

मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक लेखा समितिका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन्।

तोलामा १ लाख ९९ हजार ४०० पुग्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

सरकारले जलवायु परिवर्तनका समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी परिचालन गर्नका लागि नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्दा साढे ८ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।

फलोअप

सहकारीको पैसा तिर्न देवीप्रकाश भट्टचन समूहलाई प्रभु मेनेजमेन्टको सार्वजनिक ताकेता

प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

कर्णाली विकास बैंक घोटाला प्रकरण: संस्थापक अध्यक्षसहित ३ जना थुनामा

अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।

पर्यटक तानिरहेको बुकीपाटनमा गोठबासले सहज

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठबास सञ्चालन गरेका हुन्। गोठबास सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको उनले बताए।