AnonymousUser

Logout

सेजन सदस्यलाई ७ लाखको बीमा सुविधा

सेजनले आफ्ना सदस्यहरूका लागि ७ लाख रुपैयाँसम्मको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, करिब ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको छ भने ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

दुई करोड २४ लाखका भेप बरामद

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए।

सुनचाँदीको मूल्य आज पनि बढ्यो

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ६ अर्ब ४७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ।

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० किसानले काउली रोपेका छन्। यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ।

जलवायु परिवर्तनको असर: मनाङमा जडीबुटी उत्पादन घट्दै

मनाङमा जलवायु परिवर्तन र समयमा हिमपात नहुँदा जडीबुटी उत्पादनसँगै राजस्व संकलनमा समेत गिरावट आएको छ।

बाँकेमा चिसोले मर्न थाले मौरी

चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ। यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ।

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।

नेपालमा श्रम आम्दानीभन्दा उपभोग बढी, शिक्षामा निजी खर्चको भार उच्च

राष्ट्रिय जनगणना २०७८ अनुसार ६५ प्रतिशत जनसंख्या कार्यशील उमेर समूहमा रहेकाले नेपाल जनसांख्यिक लाभको अवस्थामा छ। तर, नेशनल ट्रान्सफर अकाउन्ट प्रतिवेदनले देशको श्रम आम्दानी र उपभोग खर्चबीच ठूलो अन्तर रहेको देखाएको छ।

तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुन

बिहीबार तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ रहेको सुन शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ।

सुरक्षण मुद्रण केन्द्र: २ महिनामा ९ हजार लाइसेन्स छपाइ

लाइसेन्स छपाइका लागि केन्द्र र यातायात व्यवस्था विभागबीच कात्तिक १२ गते सम्झौता भएको थियो। जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स उपलब्ध गराउनुपर्ने छ।

नेप्सेमा ४.५९ अंकको सुधार, कारोबार रकम भने घट्यो

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ।

चिसो बढेसँगै सुनसान बन्यो कञ्चनजंघा क्षेत्र

पर्यटक आउजाउ गर्न छाडेपछि कञ्चनजंघा पदमार्गको माथिल्लो क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका छन्।

दोहोरो अंकले घट्यो शेयरबजार

आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिकः पाँच वर्षमा ५० हजार रोजगारी सृजनाको लक्ष्य

परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नुलगायत रहेको छ।

स्याङ्जामा १३ प्रतिशतले बढ्यो धान उत्पादन

आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्।

कानून मिचेर पहिलो त्रैमासिकमा २९ करोड रकमान्तर

पहिलो त्रैमास र वर्षान्तमा रकमान्तर गर्ने, शून्य बजेट विनियोजन भएका आयोजनामा रकमान्तर गर्ने, राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटसमेत रकमान्तर गर्ने गरेको पाइएको छ।

नेप्से ९.९३ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ भने सात अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।