वीरगञ्ज नाका हुँदै इन्धन गाडीको आयात घट्दा विद्युतीय सवारीसाधनको आयातमा भने उल्लेख्य वृद्धि देखिएको छ।
वीरगन्ज– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्ज नाकाबाट एक अर्ब ३६ करोड २९ लाख बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधनको आयात संख्यामा ३३२ ले वृद्धि भएको हो।
चालु आवको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ।
गत आवको पहिलो छ महिनामा ३० करोड २६ लाख रुपैयाँ मूल्यका १२४ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए। ती सवारीसाधनबाट २४ करोड २९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
यसैगरी, वीरगन्ज नाका हुँदै चालु आवको ६ महिनामा ९३ करोड रुपैयाँ मूल्यका ४३४ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्। यी सवारीसाधनको आयातबाट दुई अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा भने एक अर्ब १७ करोड मूल्यका ५९२ वटा इन्धनबाट चल्ने सवारीसाधन आयात भएका थिए, जसबाट तीन अर्ब ९ करोड राजस्व उठेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
