सुनको भाउ घट्ने क्रम जारी, आज १३ हजार ४०० को गिरावट

गत बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेकाे सुनको भाउ त्यसयता निरन्तर घटिरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। गत बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेकाे सुनको भाउ त्यसयता निरन्तर घटिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको तीन लाखमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३०० रुपैयाँले घटेर चाँदी पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ।