आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको जनाएको छ। नयाँ मूल्य आइतबार बिहान १ बजेदेखि लागू हुनेछ।
समायोजित मूल्यपछि अब काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग)मा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १३८ रुपैयाँ तथा तराईका पहिलो वर्गका क्षेत्रहरूमा १३६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
आईओसीबाट डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।
यता, हवाई इन्धनको मूल्य भने केही घटेको छ। आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ अमेरिकी डलर कम गरिएको छ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ भने काठमाडौँका लागि प्रति किलोलिटर ९६६ अमेरिकी डलर कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यासको खरिद मूल्य बढेर आए पनि हाललाई पुरानै बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
