सोमबार नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ भने कारोबार रकम ८ अर्ब २२ करोड नाघेको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २,६९५.७३ को बिन्दुमा कायम भएको हो।
यस दिनको कारोबारमा सेन्सेटिभ इन्डेक्स ०.१६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ प्रतिशतले घटेको छ भने फ्लोट इन्डेक्स ०.०५ प्रतिशतले बढेको छ। विभिन्न ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घट्दा १३ कम्पनीको मूल्य स्थिर रह्यो। एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचक बढेका छन् भने बाँकी सबै उपसमूहका परिसूचकमा गिरावट आएको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनीको ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
