काठमाडाैँ– साताको चाैथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। मंगलबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से १.६४ अंक घटेर २,६८१.५० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डक्स ०.७० अंक, फ्लोट इन्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ अंकले घटेको छ।
आज कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशत,विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबारमा आएको एचएलआई लार्ज क्याप फन्डको इकाईमूल्य भने सर्वाधिक ५.५४ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन्। उत्पादन समूह सर्वाधिक ०.५३ प्रतिशतले घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ३२६ स्टकको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
