AnonymousUser

Logout

नेप्से परिसूचक १११ अंकले बढ्यो, ९ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।

तोलामा १ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि नौ अर्ब ८० करोड निकासा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

पुनर्निर्माणका लागि वीरगन्ज महानगरले छुट्यायो ३० करोड

विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।

२३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।

२० अर्ब ७० करोड बराबरको बीमा दाबी

विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

राजनीतिक संरक्षण नहुने भएपछि राजीनामा

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा व्यक्तिगत कारणले भन्दा पनि परिवर्तित राजनीतिक अवस्थामा गुमेको राजनीतिक संरक्षण रहेको पाइएको छ।

शेयर बजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

सरकारले शेयर बजारमा देखिएका समस्याहरूको पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।

बजार झरे लेकाली भेडाच्यांग्रा

मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत शहरमा ढुवानी गर्न थालिएको छ।

‘चुनावका लागि दातृ निकायको मुख ताक्नुपर्दैन’

अर्थमन्त्री खनालले तत्कालका लागि सरकारको प्राथमिकता नागरिकमा आत्मविश्वास जगाउने रहेको बताए। घाइतेको उपचार र ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न सकिने

सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेसँगै अब विदेशमा रहेका व्यक्ति र नेपाल आउने पर्यटकले मास्टर, भिसा, अलिपेलगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन्।

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

बिहीबार कारोबार शुरू भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो। बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले ओरालो लागेको थियो।

कहिले लयमा फर्किएला नेपालको पर्यटन?

श्रीलंकाले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने पर्यटन बोर्डले जनाएको छ।

दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ।

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।

नेपालमा उत्पादित केराले नै दशैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

चाडपर्वलाई नेपालमा उत्पादित केराले धान्ने भएकाले आयात नगर्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई नेपाल केरा उत्पादक महासंघले अनुरोध गरेको छ।

भोजपुरको सुन्तले–बाघखोर क्षेत्रमा लोभिए पर्यटक

पर्यटकलाई लक्षित गर्दै यहाँ वनभोजस्थल निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ।

कर तिर्ने समय एक महिना थपियो

सरकारले 'जेनजी' आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका कारण कर तिर्ने समय एक महिना थप गरेको छ।