इजिप्टको अनुभवले लोकतान्त्रिक संक्रमण सफल हुन संस्थागत सन्तुलन, विधिको शासन, नागरिक स्वतन्त्रता र राजनीतिक संस्कार अनिवार्य हुन्छन् भन्ने देखाउँछ।
देशभरका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानाएको छ।
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा चट्टान फुटाउने काम नसकिएकाले शुक्रबारदेखि पुनः तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।
वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेर भेरी नदीमा अन्त्येष्टि गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकायलाई निर्देशन दिँदै अनियमितता भएमा कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको छ।
प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्रीबाट तीन अध्यादेश पेश हुनुका साथै विभिन्न सांसदहरूले सुशासन, जेनजी आन्दोलनको छानबिन र जनअपेक्षाबारे आफ्ना धारणा राखेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधनलगत्तै इरानले इजरायलमाथि शृंखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरेपछि मध्य इजरायलका विभिन्न क्षेत्र प्रभावित भएका छन्।
ऊर्जा मन्त्रालयले विद्युत् खरिद सम्झौता र अनुमतिपत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी सुधार गर्न दुई वटा अध्ययन समिति गठन गरेको छ।
बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,०६१.२६ को बिन्दुमा कायम भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट काठमाडौँको गैरीधाराबाट पक्राउ परेका छन्।
नेपालका प्रदेशहरू अझै पनि काठमाडौँमा आर्थिक रूपमा निर्भर छन्। जसले संघीयताको सम्पूर्ण उद्देश्यलाई नै कमजोर बनाइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
कुनै नयाँ खाता खोल्नैपर्दैन। उजुरीकर्ता र प्रतिवादीले दिएका सप्रमाण बयानहरूमै सबै कुरा छँदैछ। कि ‘क्लिन–चिट’ देउ कि ‘दागलागी’ पुष्टि गर।
प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, होस्टेज रेस्क्यू, खाली हात लडाई र विस्फोटक सामग्री निस्तारणलगायत प्रदर्शनसमेत गरे।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ।
इनिशाको घटना सुन्दा म एक आमा भएर डराएँ। तर त्यो डर केवल छोरीको सुरक्षासँग जोडिएको थिएन। त्यो डर फरक थियो—यदि कुनै दिन मेरो छोरा नै कसैको डरको कारण भए भने?
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।