AnonymousUser

Logout

बहुवर्षीय धानको बिउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य

यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै यो व्यवस्था लागू थियो।

हावाहुरीले पर्खाल भत्किँदा १ जनाको मृत्यु

गए राति मधेश प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ।

आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु: संयुक्त राष्ट्रसंघ

सन् २०२५ को अन्त्यसम्म गाजामा युद्धमा मारिएका ७१ हजार व्यक्तिमध्ये ३८ हजारभन्दा बढी महिला र बालिका रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सिक्टा सिँचाइ आयोजना: २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना शुरू भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति मात्र हासिल भएको छ, जबकि यस अवधिमा २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ।

‘एकद्वार सेवा प्रणाली’ लागू गर्न यस्तो छ गृह मन्त्रालयको नौबुँदे निर्देशन

गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘एकद्वार सेवा प्रणाली’सहित नौबुँदे सुधार कार्ययोजना तत्काल लागू गर्न निर्देशन दिएको छ।

क्व्होलासोथारको १,२०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

१२ सय वर्ष पुरानो इतिहास बोकेको क्व्होलासोथारको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ तमु प्येल्हु संघले स्थलगत अध्ययनसहित विशेष सक्रियता बढाएको छ।

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्न रोक

मेडिकल काउन्सिलले बिरामीको भौतिक परीक्षण र प्रत्यक्ष मूल्यांकनबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य रोक्न चिकित्सकहरूलाई निर्देशन दिएको छ।

बिस्का जात्रा आज सम्पन्न हुँदै

गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर शुरू भएको बिस्का जात्रा आजदेखि सम्पन्न हुने भएको हो।

विश्व सम्पदा दिवस मनाइँदै

सम्पदा संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ।

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बादल लागेको छ।

रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार

बाराही ञँवालका नाइके प्रेम महर्जनका अनुसार रथारोहण सम्पन्न भएपछि तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको छ।

युद्धविराम अवधिसम्म होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्ने इरानको घोषणा

इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामको भावनाअनुरूप 'स्ट्रेट अफ होर्मुज' सबै व्यावसायिक जहाजका लागि खुला गरिएको घोषणा गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्जको नारायणी रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै त्रिभुवन आर्मीले प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधि जितेको छ।

जमुनाह नाकाबाट अवैध कुखुरा भित्रिने क्रम रोकिएन

बर्ड फ्लुको उच्च जोखिम रहे पनि बाँकेको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय कुखुरा र चल्ला नेपाल भित्र्याउने क्रम अझै जारी छ।

संसदीय समितिका नवनिर्वाचित सभापति लिए शपथ

प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

विपद् जोखिम न्यूनीकरणका लागि ३ दिनभित्र स्रोत यकिन गरिने

मौसमसम्बन्धी अन्तरदेशीय सूचना आदानप्रदानका लागि परराष्ट्र मन्त्रालयमार्फत छिमेकी मुलुकसँग सहकार्य अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

दक्षिण अफ्रिकी श्वेत किसानलाई रुस सार्ने पहल, एलन मस्कका पिता एरोल सक्रिय

दक्षिण अफ्रिकाका श्वेत किसानलाई शरणार्थीको दर्जा दिएर रुसमा पुनर्स्थापित गर्ने एरोल मस्कको विवादास्पद योजना सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीति र आप्रवासन नीतिमा बहस शुरू भएको छ।

बागमतीको पुँजीगत खर्च नौ महिनामा २३ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा कुल बजेटको २८.७९ प्रतिशत मात्र खर्च गरेको छ, जसमा पुँजीगततर्फको हिस्सा झनै न्यून देखिएको छ ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।