नेपालको जितसँगै दुई खेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो।
काठमाडौँ- यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । उनी ५७ बलमा ८४ रन बनाएर अविजित रहे। त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने कुशल मल्ल १९ रन बनाए। यूएईका मोहम्मद अरफान र निलंश केसवानीले समान एक-एक विकेट लिए।
पहिलो इनिङमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका अक्षदीप नाथले ५३ रन बनाए भने मोहम्मद अरफानले ३२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ र हेमन्त धामीले २ विकेट लिए।
त्यस्तै, नन्दन यादव र साहव आलमले समान १-१ विकेट लिए। नेपलाको जितसँगै दुईखेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो। सोमबार भएको पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
