संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार सन् २०२५ मा आप्रवासन मार्गहरूमा मात्रै लगभग सात हजार ९०० जनाको मृत्यु भएको छ वा तिनीहरू बेपत्ता भएका छन्।
संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मंगलबार सार्वजनिक गरेको एक रिपोर्टमा सन् २०२५ मा आप्रवासनका क्रममा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु वा बेपत्ता भएको उल्लेख छ। यससँगै सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म आप्रवासनका क्रममा ज्यान गुमाउने र बेपत्ता हुनेहरूको कुल संख्या ८० हजार नाघेको छ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले सुरक्षित मार्गको पहुँच नहुँदा मानिसहरू खतरनाक र अनियमित यात्रामा जान बाध्य भएको र ज्यान गुमाउन पुगेको जनाएको छ। संगठनले आप्रवासन मार्गहरूमा बढीभन्दा बढी मानिसको ज्यान बचाउन विश्वभरका देशहरूलाई राजनीतिक इच्छाशक्ति देखाउन आग्रह गरेको छ।
आइओएमको ‘बेपत्ता आप्रवासी परियोजना’ ले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ। सङ्गठनले भनेको छ, “यद्यपि यी तथ्यांकहरूले प्रभावित व्यक्तिको वास्तविक संख्याको न्यूनतम सीमालाई मात्र प्रतिनिधित्व गर्छन्, तर यसले आप्रवासीको मृत्यु रोक्न र बेपत्ता भएका व्यक्तिका परिवारको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको खाँचो रहेको देखाउँछ।”
आइओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको घटनालाई रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्व असफल भएको सङ्केतको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा सहायता कटौती र खतरनाक अनियमित मार्गहरूको सूचनामा लगाइएको प्रतिबन्धका कारण बेपत्ता आप्रवासीहरूको संख्या यकिन गर्न थप कठिन भएको थियो।”
यसैबीच, आप्रवासी बेपत्ता हुने समस्याका कारण कम्तीमा तीन लाख ४० हजार परिवारका सदस्यहरू प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ। आफ्ना नातेदार गुमाउँदा उनीहरूले मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावको सामना गरिरहेको आइओएमले जनाएको छ।
आइओएमले सन् २०२६ को मे महिनामा हुने ‘अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च’ गतिशीलता परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको बताएको छ। “विश्वव्यापी आप्रवासन मार्गहरूमा जीवन बचाउन र यी रोकथाम गर्न सकिने क्षतिबाट पीडित परिवारलाई साथ दिन दिगो राजनीतिक इच्छाशक्ति आवश्यक छ,” आइओएमले भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
