मंगलबार नेप्से परिसूचक १८.१० अंकले घटेको छ भने पाँच अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा कायम भएको छ।
आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.१६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै ३७ करोड सात लाख ३५ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
