८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय कायम भएको छ। हिजो मंगलबार सुन ३ लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० कायम भएको छ। मंगलबार चाँदीको मूल्य ५ हजार १६० रुपैयाँ थियो।