काठमाडौँ उपत्यकाका नदी किनारा र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत बस्ती हटाउने कार्य जारी रहँदा थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्।
रोशी खोलामा पानीको बहाव बढेसँगै जोखिम कायम रहेपछि सुरक्षा निकायले बीपी राजमार्गको काभ्रे–सिन्धुली सडकखण्डमा आवागमन बन्द गराएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै घरेलु मैदानमा सुखद शुरूआत गरेको छ।
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्न र हर्मुज जलमार्ग खुलाउन अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताबारे छलफल गर्न इरानी विदेशमन्त्री इस्लामाबादमा रहेका बेला अमेरिकी विशेष दूतहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
सार्वजनिक तथा व्यक्तिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने सरकारी अभियानपछि मनोहरा सुकुमवासी बस्तीका बासिन्दाले बस्ती छाड्न थालेका छन्।
शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो।
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
मन्त्रालयले स्थानीय तहबाट सेवा प्रवाहलाई प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन यस्तो प्रक्रिया अघि बढाइएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले करिब ८ वर्षअघि राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा रास्वपा सरकारले प्रहरीमै फर्काउने निर्णय गरेको छ।
प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।
द्वन्द्वपीडितको खुला पत्रमा सरकारले अघि सारेको राष्ट्रिय प्रतिबद्धता तथा १०० बुँदे कार्यसूचीमा संक्रमणकालीन न्याय नसमेटिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ।
वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
नेपालमा बोलिने भाषाहरूलाई संविधानले मौलिक हकभित्र राखे पनि संविधान निर्माणको चरणदेखि नै राज्य यसप्रति संवेदनशील हुन नसकेको भाषा विज्ञ डा. गोपाल ठाकुरले बताएका छन्।
आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ।