AnonymousUser

Logout

नेपालमा भारतीय पर्यटक व्यवस्थापनको चुनौती

यतिबेला नेपाली पर्यटन क्षेत्रकै आत्मविश्वास उकास्नेगरी आइरहेका भारतीय पर्यटकको उचित व्यवस्थापन समयमै सही तवरबाट गर्न नसकिए यसबाट लाभभन्दा ज्यादा नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ।

बदलिँदो भूराजनीति र संवेदनशील मोडमा नेपाल

सार्वभौम नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र रहे पनि त्यसका अन्तर्राष्ट्रिय प्रभाव बुझेर निर्णय लिनुपर्छ। बदलिँदो भूराजनीतिमा शक्तिराष्ट्रका प्रतिनिधिसँग संवादबाट भाग्ने होइन, झन् बढी संवाद गर्ने हो।

नेता उत्पादन कारखाना बनाएर हामीले उठाइरहेको जोखिम

शिक्षाको राजनीतिकरणलाई शैक्षिक समस्या मात्र ठान्नु गम्भीर भूल हुनेछ। सहिष्णुता सिकाउनुपर्ने शिक्षाले कट्टरता जन्माउँदा त्यो सोचमा हुर्किएका युवा भोलि सामाजिक द्वन्द्वका इन्धन बन्छन्।

भीडतन्त्रले पुर्‍याउने गन्तव्य

​​​​​​​भीडतन्त्रको यही अराजकता रहिरहने हो र त्यसलाई नियन्त्रण गर्न नसक्ने हो भने निर्वाचन लोकतन्त्रको अभ्यास नभई अस्थिरताको साधन बन्नेछ, राज्य कमजोर पार्ने कारण बन्नेछ।

निर्वाचनले जेन–जी विद्रोहका मुद्दा सम्बोधन गर्छ या अर्को समस्या जन्माउँछ?

जेन–जी विद्रोहले नेपालीको राजनीतिक चेतनालाई झकझक्याउने काम त गरेको छ, तर अहिलेसम्मका संकेतले के देखाउँछन् भने दलहरूले जेन–जी विद्रोहको सन्देश सुने पनि बुझ्ने प्रयास गरेका छैनन्।

जेनजी आन्दोलन, राजनीतिक अन्योल र देशको भविष्य

दलहरूले विगतका गल्ती स्वीकार्दै जनताले नरुचाएका पुराना नेतालाई पाखा लगाएर नयाँ पुस्तासँग सहकार्य गर्ने, राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्नेमा ध्यान दिनुपर्छ।

विपत्ति निम्त्याइरहेका वातावरणीय अपराध, नियन्त्रणका लागि के गर्ने?

प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न मुख्यतः कानून कार्यान्वयन गर्ने निकायले तदारुकता नदेखाउने हो भने २०८१ असोजको भन्दा डरलाग्दो विपत्ति भोग्न तयार भएर बसे हुन्छ।

भारत-पाक युद्धमा चिनियाँ संलग्नताले दक्षिण एशियामा पार्ने प्रभाव

चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ भएको छ। जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एशियाको शक्ति सन्तुलन बिथोलिएको छ।

भारत-पाक द्वन्द्वमा प्रकट भारतीय सञ्चार माध्यमको दुर्दशा

सत्य बोल्ने, तथ्य देखाउने र जनताका लागि बोल्ने पत्रकारिताले मात्र विश्वसनीयता कायम राख्न सक्छ। यस विषयमा नेपाली सञ्चार माध्यम धेरै जिम्मेवार र संवेदनशील छन् भन्न सकिन्छ।

‘क्लाइमेक्स’ बिनाको हाम्रो राजनीतिक सर्कस

चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।

जगहँसाइ बनेको हाम्रो कूटनीति

पारदर्शिताका नाममा एउटा राष्ट्रसँग सहमति वा सम्झौता गरेका सबै कुरा उसलाई खुशी तुल्याउन अनि अर्कोलाई होच्याउने गरी सार्वजनिक गरिहाल्ने अचम्मको व्यवहार हामीमा देखिएको छ।

जलवायु परिवर्तनले उत्पन्न गरेका सुरक्षा चुनौती

नेपालमा जलवायु परिवर्तनले निम्त्याएका समस्याहरू सुरक्षामा बहुआयामिक चुनौती बन्न थालेका छन्। तिनलाई कसरी सामना गर्ने?

सरकार, पार्टी र नेताबारे के सोचिरहेछन् भुइँ तहका मानिस?

राजनीति भनेकै आफू र आफ्ना वरिपरिका समूहका लागि हो भन्ने खालको भाष्य निर्माण गरिरहेका नेताका कारण आम मानिसमा सरकार, राजनीति र त्यसलाई हाँक्ने नेताप्रतिको आशा लगभग टुटेसरह भएको छ। 

प्रहरीमा ३० वर्षे सेवाअवधिले निम्त्याएका समस्या

राजनीतिक दल र नेताले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दैआएको ३० वर्षे सेवाअवधिको व्यवस्थाले प्रहरी संगठनलाई अस्तव्यस्त मात्र होइन, भुत्ते बनाउँदै लगेको छ।

राजनीतिका विरासतधारी नेताको  ध्यान : मस्त जीवन र भ्रष्ट सन्तान

आपराधिक र भ्रष्ट संस्कारमा हुर्केर वंशपरम्पराको राजनीति सम्हाल्न दुस्साहस गर्ने जो जति छन् तिनको हातमा सत्ता र शक्तिको तालाचाबी सुम्पिने गल्ती हामीबाट अब हुनुहुँदैन।

उच्चपदस्थले चलाएको ‘माफियातन्त्र’

उच्चपदस्थ राजनीतिज्ञका खानदान, परिवार, नातागोता नै संलग्न भएका भ्रष्टाचार र अपराधको माफिया शैलीको झल्को दिने जालो कसले र कसरी तोड्ने हो, नेपालीजन पर्खिरहेका छन्।

अहिलेको मुख्य सुरक्षा चुनौती राजनीतिक दल

विचारहरूलाई ध्रुवीकरण गर्ने नाममा राजनीतिक पार्टीका नेताहरूले आफ्ना भाषणमा भड्कावपूर्ण भाषा प्रयोग गर्ने गरेका छन्। यसले विचारहरूलाई ध्रुवीकरण गर्नुको सट्टा जनस्तरमा घृणा र द्वेष बढाइरहेको छ।

जानीबुझी जनता अलमल्याउने नेताको जालमा कहिलेसम्म पर्ने?

युवाको ठूलो संख्या मलेसिया र खाडीतिर पोखिइरहेका बेला बाँकी युवा पनि सरकारसिर्जित् अनेक चक्कर काट्दै बेफुर्सदी हुनु सरकारसँगै दलका नेताहरूका लागि समेत हाइसञ्चोको अवस्था हो।

आजको नेपालका बेथितिका कारकहरू

विधि र थिति प्रभावी हुनुपर्ने ठाउँमा पछिल्लो समय देशमा बेथिति नै बेथिति मात्र किन हाबी भयो भनेर घोत्लिने हो भने मूलतः राजनीतिले बिगारेका क्षेत्रहरू देखा पर्छन्।

शरणार्थीदेखि ललितानिवास र सुन प्रकरणसम्म : अपराधको ‘राष्ट्रिय जात्रा’ 

शरणार्थीदेखि सुन र ललितानिवास प्रकरणसम्मले उब्जाएको प्रश्न हो– भोलि माथिल्ला तहका राजनीतिज्ञहरू अपराधमा संलग्न देखिए त्यसको अनुसन्धानले सहज रूपमा आफ्नो बाटो तय गर्न सक्ला?