AnonymousUser

Logout

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री र जेन-जी प्रतिनिधिबीच छलफल, निर्वाचनलाई सफल पार्दै इतिहास रच्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको मर्म र चाहनाअनुसार देश निर्माण गर्न नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे।

जेनजी आन्दोलन: प्रहरी जवानको हत्या आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।

कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल पक्राउ

सरकारी कागजात किर्तेको अनुसन्धानका क्रममा सीआईबीको टोलीले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि बडाल (हेमराज)लाई पक्राउ गरेको छ।

गृह मन्त्रालयमा जेन-जी हेल्पडेस्क, सिंहदरबारभित्रै स्वयंसेवा गर्दै युवा

जुनाल गदालका अनुसार जेन-जीका समस्यासँगै सीमान्तकृत समुदायले भोग्नुपरेका समस्या र सहकारपीडितले पनि हेल्पडेस्क गुहार्छन्।

१० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टी ट्रस्ट फन्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

७ अर्बको आयोजना धराशायी पार्ने खेल र त्यसपछाडिका खेलाडी

सरकारी निकाय र पदाधिकारीमा मौलाएको भ्रष्टाचार र मनपरीले केसम्म गर्छ? निर्माण सम्पन्न भइसकेपछि भाँचिएको एउटा पुल पुनर्निर्माण नगरेर ७ अर्बको आयोजना नै धराशायी पार्न भइरहेको खेल त्यसलाई बुझाउने दृष्टान्त हो।

११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

स्वच्छ निर्वाचनका लागि सरकार, आयोग र दलबीच त्रिपक्षीय संवादमा जोड

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा सहभागीहरूले सरकारले दलहरूसँग समन्वय गर्नुपर्ने र निर्वाचनको पूर्ववातावरण तयार गर्नुपर्ने बताएका छन्।

दर्ता नभएको एन्टिबायोटिक आयात अनुसन्धानमा सीआईबीलाई सरकारी वकिल कार्यालयको ‘असहयोग’

कान्तिपुर भेटले सरकारी कागजात किर्ते गरी प्रतिबन्धित एन्टिबायोटिक भित्र्याएको विषय अनुसन्धानमा समय लाग्ने भए पनि सरकारी वकिल कार्यालयले अदालतमा कम समय सिफारिस गरेको सीआईबीका अधिकारी बताउँछन्।

नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम सामान्य बढ्यो

बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा सीमित भएको छ।

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।

मलेसियाविरुद्धको पराजय उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

छनोट प्रतियोगितामा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै फिफासमक्ष नेपालले निवेदन दिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अपांगता भत्ता थाप्न ५० वर्षसम्म दृष्टिविहीनको नाटक

सामाजिक/अपांगता भत्ता लिनका लागि मान्छेले कतिसम्म गर्छन्!

फूलखतीमा रमाउँदै भक्तपुरका महिला

गुण्डुका ७५ प्रतिशत स्थानीयले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्।

दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, कसरी बन्ला चुनावी माहोल?

पुगनपुग पाँच महिनामा निर्वाचन गर्नुपर्ने भएकाले यतिबेला सरकार र दलहरु सँगसँगै देखिनुपर्ने हो। तर चुनावी सरकारका प्रधानमन्त्रीमै दलहरूसँग संवाद गर्ने तत्परता देखिँदैन।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, २ गम्भीर

मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्।

तोलामा साढे २ लाख रुपैयाँ नाघ्यो सुन

छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।

सिँचाइका रुग्ण ठेक्का तोड्न शुरू, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै

सिँचाइ विभागअन्तर्गत भेरी बबई तथा सुनकोशी मरिणसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।

अन्नपूर्ण पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

पदयात्राका क्रममा दुई दिनसम्म सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा समस्या हुने गरेको छ।