विवादित व्यापारी दीपक भट्टसँगै शेयर कारोबारमा गुरुङको पनि संलग्नता देखिएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो।
काठमाडाैँ– गृहमन्त्री सुधन गुरुङले मन्त्रीपदबाट राजीनामा दिएका छन्। गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिना नपुग्दै बुधबार राजीनामा दिएका हुन्।
मन्त्री गुरुङले आफ्नो फेसबुक पेजमार्फत यसबारेमा जानकारी गराएका छन्। विवादित व्यापारी दीपक भट्टसँगै शेयर कारोबारमा गुरुङको पनि संलग्नता देखिएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो। यसै विषयमा अनुसन्धानमा सघाउन नैतिकताको आधारमा आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
"पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु," उनले लेखेका छन्, "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ नबाझियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।"
प्रधानमन्त्रीको सचिवालयले उनको राजीनामाको पुष्टि गरेको छ। सचिवालयका अनुसार उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाइसकेका छन् र तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्री मातहत नै रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
