कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको पुलको ठेक्का २०७५ पुसमा लागेको थियो। सम्झौताअनुसार २०७८ पुसमा सम्पन्न गर्नुपर्ने थियो।
कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र चीनतर्फको लिजी बजारमा माथिल्लो मुस्ताङका बासिन्दाले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।
माथिल्लो मुस्ताङमा स्थानीय याकचौँरी र भेडाच्यांग्रापालन व्यवसायमा संलग्न छन्। याकचौँरी र भेडाच्यांग्राको गोबरलाई लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन्।
शीतलहर र चिसोका कारण रौतहटको जनजीवन केही दिनयता प्रभावित बनेको छ।
आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ।
सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्यांकन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।
दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका हुन्।
किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब १०० किबी किसानलाई राहत मिलेको छ।
समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ। आफूहरूबाट प्रतिकिलो ४० रुपैयाँमा खरिद गरेर बजारमा १२० रुपैयाँमा बेच्ने गरेको उनीहरू बताउँछन्।
भकुन्डेका बासिन्दाले सडक निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसार काम नभएको भन्दै प्रश्न उठाएका छन्।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको संक्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानको गुनासो छ।
हिउँदमा जसोतसो चल्ने सवारीसाधान बर्खामा पर्वत घुमेर आउनुपर्ने बाध्यताको अन्त्यका लागि पहिरो नियन्त्रणको काम थालिएको छ।
फाउल पोक्स संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ।
सिँचाइ, बजार व्यवस्थापन र जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने खेमराजको बुझाइ छ।
बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १११ घार मौरी छन्। वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको उनी बताउँछन्।
विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने युवा पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न म्याग्दीका बगैँचामा आएका हुन्।
लहान नगरपालिका-१५ स्थित चुरेफेदको विकट क्षेत्र यस गाउँमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ।
माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।