AnonymousUser

Logout

दाङखोलामा मोटरेबल पुल अलपत्र, अस्थायी पुलको भरमा यातायात

“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।

मन्त्रिपरिषद् विस्तार हुँदै

मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

पर्यटकको पर्खाइमा नदैगुफा

धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।

छठ पर्वले जनकपुरका बजारमा केराको माग र मूल्य दुवै बढ्यो

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।

‘सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ’

लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने गृहमन्त्री अर्यालको भनाइ छ।

एफएटीएफ समीक्षा: सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाइएको छ।

१००औँ जन्मदिनमा लालबहादुरलाई गाउँपालिकाको सम्मान

पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।

दुई देशको साझा छठघाट

महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।

नहरमा डुबेर ३ बालिकाको मृत्यु

कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

कोशी पर्यटन वर्षमा पहाड घुम्दै भारतीय पर्यटक

सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।

हुम्लामा ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने

आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।

आजदेखि  नेपाल संवत् ११४६, आजै गोरु तिहार र म्ह:पूजा पनि

आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए।

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।

विपिन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।

बाँदरबाट जोगाउन किसानले समयअगावै टिपे सुन्तला

सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

केयूमा सूचना प्रविधि केन्द्र स्थापना, 'केयू-कनेक्ट' एप पनि सञ्चालन

काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। विद्यार्थीका लागि 'केयू-कनेक्ट' एप पनि सञ्चालनमा ल्याइएको छ।