आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको संक्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानको गुनासो छ।
भोजपुर– भोजपुरका विभिन्न गाउँमा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको संक्रमण देखिएको छ। आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको संक्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानले बताएका छन्।
किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको संक्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। “विगतका वर्षमा यस्तो प्रकारको रोग देखिएको थिएन,” उनले भने, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो। पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ।”
अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसान आर्थिक क्षतिमा परेका छन्। त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि संक्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर-५ का नवराज फुयाँलले बताए। “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ,” उनले भने।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो। जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ।
कृषि प्राविधिकले डढुवा संक्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन्। डढुवाको संक्रमण बढ्दै जाँदा किसानले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
