चिसो बढेपछि गौरका विद्यालयमा बिदा

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन केही दिनयता प्रभावित बनेको छ।

चिसो बढेपछि गौरका विद्यालयमा बिदा
फाइल तस्वीर

चन्द्रपुर– विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा पुस ११ गतेसम्म बिदा दिएको छ। 

अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए। 

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले बताए। शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ।