मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
म्याग्दी– प्राकृतिक सौन्दर्यले भरिपूर्ण मंगला गाउँपालिका–५ अर्मनको चांगाधुरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।
समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चांगामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ। चांगाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
पहिलो पटक चांगा क्षेत्रको भ्रमणमा पुगेका बेनीका विनोद धौलागिरिले चांगाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताए। उनले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताए। चांगा प्रकृति, जीवनशैली र संस्कृतिको संगम मानिन्छ।
यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ। चांगा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ। पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मंगला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए।
उनका अनुसार चांगा खर्कमा वनभोजस्थल चांगा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ। गुराँसे जंगलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ। “स्थानीय र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार भएको छ, चांगा खर्कको पाखोबारीमा चिया बगान बनाउने तयारीमा जुटेका छौँ, चांगामा घरबास सञ्चालन गरेर पर्यटकको बसाइलाई आरामदायी बनाउने सोचमा छौँ,” वडाध्यक्ष खत्रीले भने।
अहिले हिउँदयाममा वनभोज र घुमघामका लागि सवारीसाधन हुँदै आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्। विभिन्न संघसंस्थाले आफ्नो साधारणसभा तथा बैठकसमेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको शुरूआत भएको छ। गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
बाबियाचौरबाट छिसबाङ, टीकाबाङ, सिरकुम हुँदै चांगा पुग्न सकिने वैकल्पिक बाटो रहेको छ। चांगाबाट मंगला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल तिनचुले जाने पदमार्ग जोडिएको छ।
मंगला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनका लागि गाउँपालिकाले पहल थालेको अध्यक्ष शतप्रसाद रोकाले बताए। उनले चांगाबाट देखिने प्राकृतिक सौन्दर्यताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिइएको बताए।
चांगामा १७ घरधुरीको बसोबास छ। यहाँ परम्परागत रूपमा कोदो, मकै, फापर, तोरीलगायत अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेतीसमेत हुने गर्छ। परम्परागत रूपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ। शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्।
प्राकृतिक सौन्दर्यता र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिकसँगै बाह्यपर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए।
उनले चांगालाई केन्द्रित गरेर गाउँपालिकाभित्र पर्यटकीयस्थल चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चांगा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराहताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आवश्यक रहेको बताए।
मनोरम हिमाल र ग्रामीण भू–वनोटको दृष्यसँगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ। यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरबास सञ्चालन, प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आवश्यक छ।
कच्ची सडकको ट्र्याकलाई स्तरोन्नति गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउनसकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
