व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ। आफूहरूबाट प्रतिकिलो ४० रुपैयाँमा खरिद गरेर बजारमा १२० रुपैयाँमा बेच्ने गरेको उनीहरू बताउँछन्।
ढोरपाटन– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन्। किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन्।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन्। शहरी क्षेत्रमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४०/५० रुपैयाँमा ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए। व्यापारीका कारण किसान र उपभोक्ता मारमा परेको उनको भनाइ छ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन्। आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए। किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्काको भनाइ छ।
“सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो ४०/५० रुपैयाँभन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन्,” उनले भने।
अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताए। किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उनको भनाइ छ। किसानबाट प्रतिकिलो सुन्तला ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँमा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनको भनाइ छ।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार रुपैयाँको सुन्तला उत्पादन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
