मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४.३१ प्रतिशत अर्थात् ८० अर्ब २७ करोड रुपैयाँ बराबर मात्रै असुली गरेको छ।
भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।
विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले बताए।
हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करी रोक्न संयुक्त गस्ती गरिएको हो।
कुनै समय कम खपत हुने कोदोको माग अहिले शहरबजारका ठूला होटल तथा रेस्टुरेन्टमा अत्यधिक बढेको छ। यद्यपि, ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेका कारण कोदोखेतीमा कमी आएको स्थानीयको भनाइ छ।
मुख्य शहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगरले जनाएको छ। उक्त स्थानमा ७० करोड रुपैयाँ खर्चेर पार्क बनाउने योजना छ।
उत्पादन बढ्दै गए पनि यहाँ बाँदरको समस्या आलुखेतीका लागि चुनौती बनेको छ। बाँदरका हुलले आलुका बिरुवा उखेल्ने र दाना निकालेर दुःख दिने गरेको किसाको गुनासो छ।
२०७५ सालमा स्थापित यो सामुदायिक होमस्टे हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ।
कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावह रूप लिएको थियो। उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक थिए।
घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्छन्। बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा पुगेसँगै आम्दानीको स्रोत बन्न थालेको कृषकहरूको भनाइ छ।
गाउँसम्मै कंक्रिटका भवन बन्दै छन्। परम्परागत घुमाउने, ढुंगेघर विस्थापित हुने अवस्थामा पुगेका छन्। सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन्। मौलिक सम्पदा संरक्षणमा भने कसैको ध्यान पुग्न सकेको छैन।
दशकअघि शुरू गरेको यो व्यापार अहिले करनबहादुरको स्थिर आयस्रोत बनेको छ। करिब २० हजार रुपैयाँ लगानीबाट चलेको ठेलाबाट उनी १ हजार ५०० रुपैयाँसम्म कमाउछन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ। यहाँबाट धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ।
वर्षभरि हिउँले ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमालमा काला चट्टानहरू स्पष्ट देखिन थालेपछि पर्यटक आश्चर्यचकित हुन्छन् भने स्थानीयलाई यी दृश्य अब सामान्य लाग्न थालेका छन्।
डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको छ।
द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ।
सरकारले २०६६ सालमा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ शय्या क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्र बनाउने घोषणा गरेको थियो।
अग्ला पहाडले घेरिएको साङ्ता गाउँ सडकको तलपट्टि भिरालो खोचमा अवस्थित छ। अभाव र अशिक्षाको भुमरीमा जकडिएको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन्।
बेलायतको महानगरीय प्रहरी लन्डनले‘गेट्स’ नामले चर्चित कलाकार स्यामुएलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।