खोला बढेर विद्यार्थी आउन नसक्दा त्रैमासिक परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङ बताउँछन्।
सम्झौता भएअनुसार भारतको पश्चिमी बन्दरगाहसम्म राम्रो पहुँच पुर्याएर यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ ।
बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। हरेक सात जना पाकिस्तानी नागरिकमध्ये एक जना बाढीबाट पीडित भएको बताइएको छ।
भारतीय सेनाध्यक्ष मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा छन् ।
सन् २०२० मा नेपालमा ४०४ वटा सारस थिए। २०२१ मा ३९४ र २०२२ मार्चसम्ममा ३९४ वटामा झरेका छन्।
२०७२ सालपछि भूकम्पपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले विद्यार्थी ढुक्कले पढ्न पाएका छन्।
२०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका भक्तजनका लागि अब नियमित खोलिने छ।
व्यापार व्यवसायलाई अघि बढाउन ५०० भन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन्।
सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ। मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न सकिने भलिबल खेलाडी कल्पना सिञ्जाली बताउँछिन