प्रस्तावित बजेटमा तटीय सुरक्षा सुदृढ बनाउन ‘शिल्ड’ नामक तहबद्ध रक्षा प्रणाली निर्माणका लागि १ खर्ब १ अर्ब १० करोड येन विनियोजन गरिएको छ।
फैसलामा ‘धर्मशालाको संरचना संशोधन गरी अन्तर्राष्ट्रियस्तरको रिसोर्ट निर्माण गर्नेगरी भएको सम्झौता र सो सम्झौताबमोजिम भए/गरेका कामकारबाही गैरकानूनी’ भएको उल्लेख छ।
विशेष सरकारी वकिल कार्यालयको निर्णयसँगै बैंकिङ कसुरको आरोपमा हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च अधिकारीहरू हाजिरी जमानीमा रिहा भएका छन्।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलो दिन नै २० विकेट पतन भएको हो।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ।
कोशी, मधेश र बागमतीका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराईमा मध्यान्हसम्म कुहिरोसमेत लाग्ने सम्भावना छ।
पुस ६ गतेको घटनालाई लिएर स्थानीयले बिहीबार ढुंगामुढा प्रहार, हुलदंगा र अवाञ्छित गतिविधि गरेपछि जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।
सत्तापलटपछि आङ सान सुकी जेलमा छिन् भने उनको दल एनएलडी विघटित अवस्थामा छ। संयुक्त राष्ट्रसंघले चुनावअघि विपक्षीमाथि सेनाले गरेको चरम दमनको आलोचना गरेको छ।
२५ वर्षदेखि अवरुद्ध जयबागेश्वरी मन्दिरसँगैको सुन्धाराको निकास खोल्दै काठमाडौँ महानगर–८ ले यसको प्राचीन स्वरूप र मौलिकतालाई पुनर्स्थापित गर्ने तयारी गरेको छ।
आफूले बुनेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने सुने पनि वास्तविक ज्याला भने सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका–८, रामकोटकी लक्ष्मी श्रेष्ठले गुनासो गरिन्।
आगामी पुस २३ देखि २६ गतेसम्म नवौँ संस्करणको 'एनभीए' राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
अन्तरिम सरकारका प्रेस सचिव शफीकुल आलमले तारिक रहमानको स्वदेश फिर्तीलाई सकारात्मक रूपमा लिँदै बीएनपीसँगको समन्वयमा सुरक्षा व्यवस्था सुदृढ गरिएको जानकारी दिए।
मंगले तामाङ ६५–६९ वर्ष उमेर समूहअन्तर्गत विश्व वरीयताको २६७८ नम्बरमा सूचीकृत भएका छन्।
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।
हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गरेको छ।
आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन्। यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ।
संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ।
प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।