अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिई देशबाट बाहिर निकालेको बताएका छन्।
संयुक्त राज्य अमेरिकाले शनिबार बिहान भेनेजुएलामाथि ‘ठूलो सैन्य आक्रमण’ गरेको छ। महिनौँदेखिको तीव्र कूटनीतिक दबाबपछि वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिई देशबाट बाहिर निकालेको दाबी गरेको छ।
यस असाधारण रात्रिकालीन सैन्य अपरेशनबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको केही घण्टापछि सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले भने, “मदुरोलाई उनकी श्रीमतीसहित नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर निकालिएको छ। यो अपरेशन अमेरिकी कानून कार्यान्वयन निकायहरूको समन्वयमा सञ्चालन गरिएको थियो। यसको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।” उनले शनिबार बिहान यसबारे थप जानकारी दिन पत्रकार सम्मेलनसमेत तय गरेका छन्।
शनिबार बिहानै राजधानी काराकासका सैन्य तथा नागरिक प्रतिष्ठानमा कम्तीमा सात वटा ठूला विस्फोट भएका छन्। प्रत्यक्षदर्शीका अनुसार लडाकु विमान निकै तलबाट उडेका थिए भने विस्फोटपछि शहरका धेरै भागमा विद्युत् आपूर्ति बन्द भएको छ। भेनेजुएला सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण’को संज्ञा दिँदै आफ्ना नागरिकलाई प्रतिकारका लागि सडकमा उत्रन आह्वान गरेको छ।
विस्फोटको प्रत्यक्षदर्शी २१ वर्षीया कार्यालय सहयोगी कारमेन हिडाल्गोले आफ्नो डरलाग्दो अनुभव सुनाउँदै भनिन्, “विस्फोटको आवाज यति शक्तिशाली थियो कि पूरै धर्ती थर्कियो। हामीले आकाशमा विमान र पहाडहरूमा विस्फोट भइरहेको देख्यौँ, त्यो क्षण अत्यन्तै भयावह थियो।”
हाल भेनेजुएलाको सडकमा सशस्त्र मिलिशिया र सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। यद्यपि, देशको वास्तविक बागडोर अहिले कसको हातमा छ र मादुरोलाई कुन देशमा लगिएको छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षाको कारण देखाउँदै भेनेजुएलाको आकासी क्षेत्रमा व्यावसायिक उडानमा पूर्ण प्रतिबन्ध लगाएको छ।
ट्रम्प प्रशासनले लामो समयदेखि मादुरोमाथि लागूऔषध-आतंकवादको आरोप लगाउँदै आएको थियो। उता, मादुरोले भने अमेरिकाले लागूऔषध नियन्त्रणको बहानामा भेनेजुएलाको सत्ता परिवर्तन गर्न र यहाँको प्रचुर तेल स्रोतमाथि कब्जा जमाउन खोजेको दाबी गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
