AnonymousUser

Logout

वीरगन्जमा मंगलबार बिहानसम्मका लागि कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

मुगुमा जिप दुर्घटना हुँदा सेनाका अमलदारको मृत्यु

मुगुको रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटना हुँदा चालक हरिसिंह ऐडीको मृत्यु गएको छ।

हसिना शासनकालमा भएका बेपत्ताका घटनामा २८७ जनाको मृत्यु

बांग्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका बेपत्ताका घटनाहरूको अनुसन्धान गर्न गठित आयोगले कम्तीमा २८७ जनाको मृत्यु भएको निष्कर्ष निकालेको छ।

रौतहटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहटको बौधीमाईमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका २३ वर्षीय मोटरसाइकल चालक दीपेन्द्र बैठाको उपचारका क्रममा गौरमा मृत्यु भएको छ।

नेप्से परिसूचक २८ अंकले बढ्यो, साढे ६ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ।

वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान प्रक्रिया सम्पन्न गरेसँगै उनीमाथि लगाइएको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।

भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख संकलन

भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि कोष स्थापना भएको थियो।

तोलामा ४ हजार ६०० ले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

भेनेजुएलापछि ग्रिनल्यान्डमाथि ट्रम्पको नजर

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्पलाई ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न आग्रह गरेकी छन्।

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।

पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनोनीत, थपिए २६ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका प्रमुख बालेन शाहलाई वरिष्ठ नेता र उनको समूहका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ।

भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रहरीका अनुसार भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी नियमावली परामर्श कार्यक्रममा द्वन्द्वपीडितको नाराबाजी

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा नियुक्ति प्रक्रिया तथा राजनीतिक भागबन्डाको विरोध गर्दै द्वन्द्वपीडितले कानून मन्त्रालयले आयोजना गरेको नियमावली परामर्श कार्यक्रममा नाराबाजी गरेका छन्।

सिरियामा आइएसका सैन्य केन्द्रलक्षित बेलायत–फ्रान्सको हवाई आक्रमण

बेलायती रक्षा मन्त्रालयका अनुसार सिरियाको होम्स प्रान्तस्थित पालमिरा शहरको उत्तरतर्फ रहेको पहाडी क्षेत्रमा आइएस समूहको भूमिगत हतियार भण्डारलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ।

बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार, तत्कालीन नगरप्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

अख्तियारले बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण ठेक्कामा तीन करोडभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन नगर प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

धार्मिक सहिष्णुता बिग्रन नदिन स्थानीय प्रशासनलाई समन्वयात्मक भूमिका खेल्न निर्देशन

धार्मिक गतिविधिका सन्दर्भमा देखिएका चुनौतीबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमा राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाइएको छ।

रास्वपाले गठन गर्‍यो २ उपसमिति, ७ जना केन्द्रीय सदस्यमा मनोनीत

रास्वपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेको छ।