युक्रेनी वायुसेनाले आक्रमणमा रुसले ५१९ वटा ड्रोन र ४० वटा क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ। रुसी आक्रमणलाई मध्यनजर गर्दै पोल्यान्डले समेत सतर्कता अपनाएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सवा नौ लाख नयाँ मतदाता थपिएको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
'जेनजी आन्दोलन'को मौका छोपी कारागारबाट फरार भएका एक कैदीको भारतमा मृत्यु भएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
वीरगन्ज भन्सारको ४४ प्रतिशतभन्दा बढी राजस्व इन्धन र सवारीसाधनको आयातबाट मात्रै प्राप्त हुने गरेको देखिन्छ।
नयाँ योजनामा युक्रेनले सम्भावित क्षेत्रीय सम्झौतालाई स्वीकार गरेको छ। यसमा सुरक्षा प्रत्याभूति, पुनर्निर्माण र अर्थतन्त्रसम्बन्धी विषय समावेश छन्।
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल तीन सुरुङ र पाँच पुल सम्पन्न भइसकेका छन्।
मेची भन्सारबाट चालु आवको पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।
अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटोचालक गोपाल मगर फरार छन्।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।
अपांगता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ।
सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपालीले नेपाल फर्किएको समयमा ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन दिएमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ।
सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनालाई यथार्थपरक र परिणाममुखी बनाउन विज्ञहरूले स्रोत–साधनको सही मूल्यांकन गर्दै कृषि, पूर्वाधार र खेलकुदजस्ता रूपान्तरणकारी क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन्।
मलेसियाको चर्चित १-एमडीबी भ्रष्टाचार प्रकरणका चार अभियोगमा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई अदालतले दोषी ठहर गरेसँगै उनको जेल बसाइ अझै लम्बिने निश्चित भएको छ।
पुस १३ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
अध्यागमन कार्यालयले आन्तरिक सेवा यथावत् राखे पनि भारतीय पक्षले सेवा रोकेका कारण गौरीफन्टा नाका प्रयोग गर्ने पर्यटकहरू अहिले कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्न बाध्य छन्।
यो साता उकालोमा, प्रभु बैंक घोटाला: रश्मि पन्तको त्यो छलाङ, अहिले यो ‘भागाभाग’, ल्होत्साम्पा व्यथा: कोही जेलमै मर्दैछन्, कोही जेल पर्दैछन्, खुल्यो ‘फेक रेस्क्यु’को फाइल, सीआईबीले थाल्यो अनुसन्धान लगायतका खबरले हेडलाइन बनाए।